Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१०, श्रावण २०७९
ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
images

रुपन्देही । एक युवतीलाई निजि तस्बीरहरू सामाजिक संजाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका-१ का १७ वर्षीया किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अबस्थामा शनिबार राति फेला पारेको थियो ।

ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले ती युवतीको बिभिन्न फोटाहरु फेसबुकमा राखी भाईरल गरिदिन्छु भन्दै ब्ल्याकमेल गरी शनिबार साँझ भेट्न बोलाई हामीलाई यौन सम्पर्क गर्न देउ अनि बल्ल तिम्रो फोटाहरु फालिदिन्छौ भनी त्रासमा पारी उनीहरूले जबरजस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको भन्ने खुलेपश्चात घटनामा संलग्न उनीहरूको खोजी गर्ने क्रममा सैनामैना नगरपालिका–७ देउवापारमा फेला दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट युवतीको निजि तस्विर भएको १ थान मोबाइल बरामद भएको छ ।

उनीहरू उपर करणी सम्बन्धी कसुर (जबरजस्ती करणी उद्योग) मा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०८:४३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology