Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एटीएम मेसिन फोड्ने घटना बढ्दै

एटीएम मेसिन फोड्ने घटना बढ्दै

दैनिकी न्यूज

८, श्रावण २०७९
एटीएम मेसिन फोड्ने घटना बढ्दै
images

काठमाडौं । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि पोखरा(९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०७:०७:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology