Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सर्लाहीमा ४८ दिनपछि हत्या गरी गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् सहित तीन जना पक्राउ

सर्लाहीमा ४८ दिनपछि हत्या गरी गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् सहित तीन जना पक्राउ

दैनिकी न्यूज

७, श्रावण २०७९
सर्लाहीमा ४८ दिनपछि हत्या गरी गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् सहित तीन जना पक्राउ
images

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरका बालदत्त भनिने रमजेशकुमार रायले २० वर्षीया श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा हिजो शव फेला परेको हो ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र घर पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरुमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिनुभयो । हिजो सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको थियो । निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरी सोनमा गाउँपालिका–१ मगरथानाकी निशा यादवको गएको वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०७:५३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology