Logo

आइतवार, आश्विन २५ गते २०८३

images

राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

दैनिकी न्यूज

७, श्रावण २०७९
राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु
images

काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको 'मुभमेन्ट' बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ।

केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो', अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ। भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट् यापिङ गर्न दिनुपर्ने विभागको माग छ। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०७:४२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology