Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मुलुकका दुई प्रदेशमा मात्र बाल अधिकार समिति गठन

मुलुकका दुई प्रदेशमा मात्र बाल अधिकार समिति गठन

दैनिकी न्यूज

७, श्रावण २०७९
मुलुकका दुई प्रदेशमा मात्र बाल अधिकार समिति गठन
images

ललितपुर । मुलुकका दुई प्रदेशमा मात्र हालसम्म स्थानीय बाल अधिकार समिति गठन भएका बताइएको छ ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को आयोजना तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजनमा शुक्रबार भएको ‘मानव बेचबिखन र बाल संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम’ मा सरोकारवालाहरुले बालबालिकाको हकहित र अनियमितताको बिरुद्ध कमल चलाउन सो समिति मुलुकका हरेक प्रदेशमा अनिवार्य गठन हुनुपर्ने भनाइ राखेका हुन् ।

कार्यक्रममा सेलर्डका प्रतिनिधि तथा काठमाडौँ स्कुल अफ ल का सहप्राध्यापक कपिल अर्यालले स्थानीय तह गठन भएसँगै सबैले स्थानीय बाल अघिकार समिति गठन गर्न पाउने अधिकार प्राप्त गरेका धारणा व्यक्त गरे । उनले भने, “मुलुकका वाग्मती र गण्डकी प्रदेशमा मात्रै यस समिति गठन भएर विभिन्न सङ्घ संस्थाको सहयोगमा बालबालिकाका लागि बिभिन्न काम गरिरहेका छन् ।” हरेक स्थानीय तहमा जनप्रतिनिधिको ५ वर्षे अघिल्लो कार्यकाल समाप्त भएर नयाँ सुरु हुँदा समेत पनि हालसम्म भने कयौंले सो समितिका साथै बाल कल्याण परिषद् तथा बाल कोष गठन गर्न नसकिरहेका उनले बताए ।

यसैगरी सेलर्डका अधिवक्ता सन्तोष महर्जनले मानव शोषण स्वरुप बद्लिदो अवस्थामा हाल देखिएको बताउँदै वधुवा तथा मजदुर एवं जवरजस्ती करणीका साथै देहव्यापार र यौन शोषणबाट मानिसलाई जोगाउन विभिन्न काम अघि बढाउनुपर्ने मत व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले सो कार्यक्रमले कानुन सम्बन्धी थुप्रै जानकारी सञ्चारकर्मीलाई प्रदान गरी समाचार लेख्न सहज वातावरण सिर्जना गरिदिएको भनाइ राखे ।

शाखाका अध्यक्ष सागर न्यौपानेले पत्रकारले सो क्षेत्रका समाचार अध्ययन र अनुसन्धान गरी बाहिर ल्याउँदा थप सचेतना फैलदै जाने जिकीर गरे ।

वरिष्ठ सञ्चारकर्मी प्रभुनारायण बस्नेतले प्रेसाप्रति मर्यादित भएर हरेक सञ्चारकर्मीले शुद्धका साथै सन्तुलित समाचार सम्प्रेषण गर्दा सो तवरका घटना न्यूनिकरण गराउन सक्ने औँल्याए ।

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०७:३४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology