Logo

आइतवार, आश्विन २५ गते २०८३

images

'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव

'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव

दैनिकी न्यूज

६, श्रावण २०७९
'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव
images

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा। बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले 'पार्टी एकीकरणुबारे छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन्। आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - ०६:०७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology