Logo

आइतवार, आश्विन २५ गते २०८३

images

खोप नलिने जोखिममा

खोप नलिने जोखिममा

दैनिकी न्यूज

६, श्रावण २०७९
खोप नलिने जोखिममा
images

काठमाडौं । गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ।

धेरैले सामान्य मानिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले मृत्युको मुखमा पुर्‍याउनुको खास कारण खोप नलिनु नै रहेको सह प्रवक्ता अधिकारीको दाबी छ। अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन,ु उनले भने। ओमिक्रोन भेरियन्टले खोप लिएका पनि सङ्क्रमित हुन सक्ने र नलिएकालाई त यसले झनै जटिल अवस्थामा पुर्‍याउने भएकाले दुवै समूह सचेत हुनुपर्ने अधिकारीले बताए। खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए। ‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्‍यो,ु उनले भने । नेपालमा कतिजनाले एक डोज पनि खोप लिएका छैनन् भन्ने विषयमा कुनै यकिन तथ्याङ्क छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - ०६:०३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology