Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एनएमवि बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

एनएमवि बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

दैनिकी न्यूज

६, श्रावण २०७९
एनएमवि बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी
images

कास्की । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताउनुभयो।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा रु दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ। पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन्।

गत असार ३१ गते राति पोखरा(९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो। रासस

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - ०५:३४:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology