Logo

आइतवार, आश्विन २५ गते २०८३

images

करिब १ करोड राजस्व छलिका सामान सहित पर्साका छविलाल अगस्ती पक्राउ

करिब १ करोड राजस्व छलिका सामान सहित पर्साका छविलाल अगस्ती पक्राउ

दैनिकी न्यूज

६, श्रावण २०७९
करिब १ करोड राजस्व छलिका सामान सहित पर्साका छविलाल अगस्ती पक्राउ
images

काठमाडौं । गोपीकृष्णनगरबाट करिब १ करोड रूपैयाँ मूल्य बराबरको राजस्व छलिका सामानहरू सहित काठमाडौं महानगरपालिका-७ साततले बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका १ घर भएका नवराज शर्मा भन्ने ४० वर्षीय छविलाल अगस्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौ उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट विभिन्न सामानहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न छविलाललाई गोपीकृष्णनगरस्थित गोदामबाट विलविजक नभएका चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू, अक्सिमिटर, आतिसवाजीजन्य पटाका लगायतका सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गोपीकृष्णनगरमा छविलालले कोठा भाडा लिई सरसामानहरु भन्सार छली ल्याई भण्डारण गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको खुल्न आएको छ । उनको गोदामबाट बिभिन्न ब्रान्डका २ हजार ९ सय ८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका ४ सय २० किलोग्राम विभिन्न किसिमका पटाका, ४८ किलोग्राम पानराज गुट्खा, बजाजको मोटरसाइकलका पार्टपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु र ३ सय ८० थान फिङ्गर प्रिन्ट अक्सिमिटर प्रहरीले फेला पारी बरामद गरेको छ 

उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - ०५:२८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology