Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

दैनिकी न्यूज

५, श्रावण २०७९
प्रतिनिधि सभाको बैठक आज बस्दै
images

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे शुरू हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १०:३३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology