पर्सा । वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ४१ लाख ५५ हजार रुपैयाँ सहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल–११ बस्ने २५ वर्षीय राकेश कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।