Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सीसीटीभी फुटेज 'रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

सीसीटीभी फुटेज 'रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

दैनिकी न्यूज

४, श्रावण २०७९
सीसीटीभी फुटेज 'रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने
images

काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज 'रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो ।

बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ । विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए । अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७९ बुधवार - ०८:२२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology