Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अवैध लागूऔषध हेरोइन सहित पाँच जना पक्राउ

अवैध लागूऔषध हेरोइन सहित पाँच जना पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७९
अवैध लागूऔषध हेरोइन सहित पाँच जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ चाबहिल मार्गस्थित द माइलस्टोन होटेलको कोठा नम्बर ६०१ बाट ४ किलो अवैध लागूऔषध हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अफ्रिकन नागरिक राहदानी नम्बर ए०९८७९५७२ वाहक ६१ वर्षीय Jacques Anton Engelbrecht लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । Jacques सँग उक्त पदार्थ लिन आएको अवस्थामा बा.२ ज ५६५५ नम्बरको ट्याक्सी चालक नुवाकोट तादी गाउँफालिका-५ ठेगाना भएका ५० वर्षीय सुकेश तामाङलाई सोही होटेलस्थित सडकबाट तथा सुकेशलाई उक्त पदार्थ लिन पठाउने भारत दिल्ली ठेगाना भएकी ३२ वर्षीया Zothantluangi लाई समेत शनिबार साँझ काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकबाट लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


यसैगरी भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ डेरा गरी बस्ने ताप्लेजुङ फुङ्लिङ  नगरपालिका-१ ठेगाना भएका २७ वर्षीय राज कुमार तामाङ र मैवाखोला गाउँपालिका-१ ठेगाना भएकी ३५ वर्षीय शुसिला तामाङलाई ८ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र नगद ६५ हजार ५ सय रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त हेरोइन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू सबै जना उपर लागूऔषध मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:५६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology