Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गाउँपालिकाका कर्मचारी घुससहित पक्राउ

गाउँपालिकाका कर्मचारी घुससहित पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७९
गाउँपालिकाका कर्मचारी घुससहित पक्राउ
images

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको प्रारम्भिक जानकारीअनुसार घुससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए । अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ । रासस

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:५२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology