Logo

आइतवार, आश्विन २५ गते २०८३

images

घटेको भाडा कार्यान्वयनमा आनाकानी

घटेको भाडा कार्यान्वयनमा आनाकानी

दैनिकी न्यूज

१, श्रावण २०७९
घटेको भाडा कार्यान्वयनमा आनाकानी
images

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५।३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो।

भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले असार १२ गते सार्वजनिक यातायातको भाडा घटायो। भाडा वृद्धि गर्दा तल्कालै कार्यान्वयन गरेका यातायात व्यवसायीले भाडा घट्दा भने उक्त निर्णय अझै कार्यान्वयन गर्न सकेका छैनन् । सरकारको निर्णयलाई लत्त्याउँदै उनीहरूले महँगो भाडा शुल्क असुली गर्दै आएका छन्। स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालय तथा नागरिक समाजको बेवास्ताका कारण यातायात व्यवसायीले यात्रुबाट महँगो अर्थात् पुरानै भाडा लिइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०६:२५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology