Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दुःख हैरानी दिने १० जना पक्राउ

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दुःख हैरानी दिने १० जना पक्राउ

दैनिकी न्यूज

३१, आषाढ २०७९
सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दुःख हैरानी दिने १० जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडा भन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरुलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्सा वीरगंजका ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुलीका ३० वर्षीय नितिश जंग राणा, सर्लाहीका २९ वर्षीय रबिन्द्र चौधरी, काठमाडौं महानगरपालिका–१३ बस्ने भारत बिहारका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका–२ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका–३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङ रहेका छन् ।

उक्त काउण्टरमा केही व्यक्तिहरुले यात्रुहरुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्‍ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सडकबाटै जवरजस्ती तानी दुःख हैरानी दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - २०:१६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology