Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

ललितपुरमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

दैनिकी न्यूज

३०, आषाढ २०७९
ललितपुरमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु
images

ललितपुर । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति ललितपुर महानगरपालिका वडा नं. १५ हात्तीवनस्थित सडकमा रोकिराखेको बागमती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२(००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका वडा नं. ५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - १८:०६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology