Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका भण्डारी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका भण्डारी पक्राउ

दैनिकी न्यूज

३०, आषाढ २०७९
बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका भण्डारी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका(६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०६:३६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology