Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लगातार तीन दिनसम्म वर्षाको सम्भावना, सचेत रहन आग्रह

लगातार तीन दिनसम्म वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२९, आषाढ २०७९
लगातार तीन दिनसम्म वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

२०७९ असार २९ गते (बुधबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ। देशका  प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार ३० गते (बिहिबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा  र बांकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १,  मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ असार ३१ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरुमा  र तराई भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ ,मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशको प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:०३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology