काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाडौँको गोंगबु चोकबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले सर्लाही हरीवन नगरपालिका वडा नं. १० सुकेपोखरी घर भई हाल काठमाण्डौं कपन बस्ने वर्ष ३० को मनोज घिमिरेलाई काठमाण्डौं बुद्धनगरबाट हराएको बागमति प्रदेश ०२(०२४ प ०१८९ न.को रातो रङको २०० सी.सी.को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको जानकारी सह–प्रवक्ता प्र.ना. उ. बाल नरसिंह राणाले बताए ।
वास्तविक नम्बर बागमति प्रदेश ०२–०२४ प ०१८९ खुल्न आएको सो मोटरसाईकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ घर भई हाल काठमाडौं बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ ।
नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।