Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

दैनिकी न्यूज

२७, आषाढ २०७९
आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता
images

कास्की । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ ।

चौतर्फी आलोचनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।

अन्य व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा पनि बजेट विनियोजन भएपछि नागरिकस्तरबाट विरोध भएको थियो । शिक्षामन्त्री श्रेष्ठले आइतबार नै आफ्ना बुवा–आमाको नाममा छुट्याइएको बजेट फिर्ता लिइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका थिए । त्यसपछि मुख्यमन्त्री पोखरेलले पनि विभिन्न व्यक्तिका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा छुट्याइएको बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:३१:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology