Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पाटन बारमा शान्तिराम खतिवडा विजयी

पाटन बारमा शान्तिराम खतिवडा विजयी

दैनिकी न्यूज

२६, आषाढ २०७९
पाटन बारमा शान्तिराम खतिवडा विजयी
images

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनको २० औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन्।

उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गरे।

सचिवमा रवीन्द्रकुमार ढुंगाना, सहसचिवमा इन्दु कार्की र कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन्।

त्यस्तै, १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन्।

देशका ९० बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदाता पाटन बारमा छन्। उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गरेका थिए भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गरेका थिए। प्रगतिशील समूहमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायी थिए।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शनिबार मतदान सम्पन्न भएर राति अबेर मतपरिणाम सार्वजनिक गरिएको थियो। उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ।

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०८:१४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology