Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

दैनिकी न्यूज

२५, आषाढ २०७९
नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।

शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत सिद्धिबिक्रम शाह, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनमा कार्यरत सुशिलसिंह राठौर, प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा कार्यरत उमाप्रसाद चतुरवेदी बढुवा सिफारिस भएका छन्।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका दानबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मानवस्रोत व्यवस्थापन महाशाखाका डा. मनोजकुमार केसी, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका राजन अधिकारी, लागुऔषध नियन्त्रण ब्युरोका जीवनकुमार श्रेष्ठ बढुवामा सिफारिस भएका छन्।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - १७:०८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology