Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार गैरे पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार गैरे पक्राउ

दैनिकी न्यूज

२५, आषाढ २०७९
बैंकिङ कसूर मुद्दाका फरार गैरे पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पाल्पा तानसेन नगरपालिका–१४ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका(१ बस्ने ५६ वर्षीय बिष्णु प्रसाद गैरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विगो रकम ७ लाख ४० हजार रूपैयाँ भएको बैंकिङ कसूर मुद्दामा गैरेको नाममा उच्च अदालत पाटन ललितपुरबाट २०७९ जेठ २७ गते पक्राउ अनुमती समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - ०७:१३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology