Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

दैनिकी न्यूज

२४, आषाढ २०७९
भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
images

भक्तपुर । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १०:४६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology