Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दामा उदयपुरका केदार गिरी पक्राउ

बैंकिङ कसूर मुद्दामा उदयपुरका केदार गिरी पक्राउ

दैनिकी न्यूज

२४, आषाढ २०७९
बैंकिङ कसूर मुद्दामा उदयपुरका केदार गिरी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका १० सामाखुसी बस्ने उदयपुर त्रियुगा नगरपालिका १३ चुहाडे घर भएका ६० वर्षीय केदार गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले ७ दिन कैद र २० लाख रूपैयाँ जरिवाना तोकिएको थियो । तर, उनी फरार भएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको हो ।

केदारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक १५ गते प्रभु वैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ०८:१२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology