Logo

आइतवार, आश्विन २५ गते २०८३

images

देशभर वर्षाको सम्भावना, सचेत रहन आग्रह

देशभर वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२४, आषाढ २०७९
देशभर वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम का थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

२०७९ असार २४ गते (शुक्रबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै  बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 

२०७९ असार २५ गते (शनिबार)

दिउँसो:   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णीली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २६ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बांकी भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ०६:३५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology