Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रेणुकालाई भेट्न अस्पतालमा पुग्नुभयो मन्त्री अथक

रेणुकालाई भेट्न अस्पतालमा पुग्नुभयो मन्त्री अथक

दैनिकी न्यूज

२४, आषाढ २०७९
रेणुकालाई भेट्न अस्पतालमा पुग्नुभयो मन्त्री अथक
images

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमै उपचार गराईरहेकी नगरकोटीलाई भेट्न मन्त्री अथक बिहिबार बिहान ललितपुरको बी एण्ड बी अस्पताल पुग्नुभएको हो । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ०६:१४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology