Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२२, आषाढ २०७९
वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ
images

पर्सा । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका(१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका(३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि २ लाख रूपैयाँसम्म ठगी गरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमई मार्फत झिकी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ३ लाख नेपाली रूपैयाँ, १ लाख ४८ हजार भारतीय रूपैयाँ, आईएमई मार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ ।

उनीउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - २२:२९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology