Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

दैनिकी न्यूज

२१, आषाढ २०७९
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
images

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका आगुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको चौदन्डी नगरपालिका ३ बस्ने २५ बर्षिय कुमार राई र २५ बर्षिय अर्जुन राई छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारागन २१ वटा, डाइजेपाम २२ वटा र लिजेसिक २२ वटा फेला पारिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:२१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology