Logo

आइतवार, आश्विन २५ गते २०८३

images

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

दैनिकी न्यूज

२१, आषाढ २०७९
निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता
images

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।

आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो, तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो । यो खवर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०६:१३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology