Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

दैनिकी न्यूज

२०, आषाढ २०७९
अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
images

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ। आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेतारकार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो।

संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेतारकार्यकर्तालाई चिढ्याउने गरी कारबाही चाहिँ नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाएको बताइएको छ। स्थानीय तहको निर्वाचनको छानबिन गर्दा ललितपुर, पोखरा, काठमाडौँ, धरान, कैलालीलगायत विभिन्न पालिकामा थुप्रै नेतारकार्यकर्तामाथि निर्मम रूपमा कारबाही गर्नुपर्ने अवस्था रहेको भनी पार्टीमा चर्चा चल्ने गरेको छ। काठमाडौँ र पोखरा महानगरपालिकाका हकमा उम्मेदवारप्रति चित्त नबुझेकाले मत अर्कोतिर गएको अनुमान गरिएको छ। बुटवल, कैलालीलगायत स्थानीय तहमा पनि अन्तर्घात भएको भन्ने रिपोर्टिङ गरिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७९ सोमवार - ०६:२१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology