Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेपाल प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीमा भर्ना खुल्यो

दैनिकी न्यूज

१९, आषाढ २०७९
नेपाल प्रहरीमा भर्ना खुल्यो
images

काठमाडौं । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९ सय १७ जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २ सय ३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४ सय ४३ जनाको लागि भर्ना खुलेको छ ।

त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:२८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology