ललितपुर । ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका-१० लामाटार बस्ने ४४ वर्षीय चन्द्र बहादुर स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।