Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

दैनिकी न्यूज

१८, आषाढ २०७९
अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे
images

काठमाडौं । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका(एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।

बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - ०७:५०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology