Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएकी बबिता पन्त पक्राउ

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएकी बबिता पन्त पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०७९
बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएकी बबिता पन्त पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका २ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १८:३४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology