Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ

कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०७९
कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ
images

काठमाडौं । कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि  डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १८:३१:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology