Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ

जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०७९
जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ
images

जनकपुर । प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। रासस

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १०:४८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology