Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्वन्धी पत्रकारिता तालिम सुरु

पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्वन्धी पत्रकारिता तालिम सुरु

दैनिकी न्यूज

१४, आषाढ २०७९
पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्वन्धी पत्रकारिता तालिम सुरु
images

घनश्यामप्रसाद रजक/पोखरा । पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्वन्धी २ हप्ते अनलाइन पत्रकारिता तालिम सोमवारदेखि सुरु भएको छ ।

प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा नेपाल प्रेस इन्सिच्युटको संयोजनमा सञ्चालन भएको तालिमको गुगल मिटमार्फत एक कार्यक्रमकाविच प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारलाई पत्रकार आचार संहितासम्वन्धी ज्ञान हुनु आवश्यक रहेको बताए । ‘पछिल्लो समय पत्रकार आचारसंहिता उल्लङघनको घटना बढेको छ, यो तालिमले आचारसंहिता उल्लङघनका घटनामा कमि ल्याउन सहयोग पुग्नेछ,’ उनले भने । उद्घाटन कार्यक्रममा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल प्रेस इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेती र पूर्वअध्यक्ष तिर्थ कोइरालाले मन्तव्य राखेका थिए ।

तालिमका संयोजक कपिल काफ्लेले तालिमले पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता उल्लङघन नहुने गरी समाचार, आलेख तथा फिचर उत्पादन गर्न सहयोग पुग्ने बताए । तालिममा दुई दशकभन्दा लामो सयदेखि पत्रकारिता तथा तालिममा सक्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण गराएको उनले बताए ।

तालिमको पहिलो दिन समाचार लेखन, शैलीबारे प्रशिक्षण गराइएको थियो । कार्यक्रमका संयोजक काफ्लेले प्रशिक्षार्थीलाई समाचारको लेखन शीर्षक, बाइलाइन, डेटलाइन, लिड, स्रोतका बारेमा जानकारी गराएका थिए ।

असार २४ गतेसम्म चल्ने तालिम दैनिक ४ घण्टा सञ्चालन हुनेछ । तालिमको पहिलो दिन देशैभरबाट १५ जनाको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १०:२४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology