Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बालिकालाई करणी गर्ने पक्राउ

बालिकालाई करणी गर्ने पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०७९
बालिकालाई करणी गर्ने पक्राउ
images

पाल्पा । बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडी पक्राउ परेका हुन्।

गत असार ७ गते बेलुकी एक बालिकालाई सामुदायिक वनमा लगेर करणी गरेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १०:१७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology