Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोटेश्वरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यू

कोटेश्वरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यू

दैनिकी न्यूज

१४, आषाढ २०७९
कोटेश्वरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यू
images

काठमाडौं । काठमाडौंको कोटेश्वरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा पैदलयात्रु स्याङजाका ५२ वर्षका देवकुमार सेनको मृत्यू भएको प्रहरीले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिएको बा २ ख १२३१ नम्बरको माइक्रो अनियन्त्रित भएर ट्रकमा ठोक्किएको थियो । माइक्रोका परिचालक घाइते भएका छन् । घाइते परिचालकको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।

ट्रकका चालकलाई प्रहरीले पक्रेको छ भने माइक्रोका चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १०:१४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology