Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

दैनिकी न्यूज

१४, आषाढ २०७९
अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
images

काठमाडौँ । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरे खोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।

लेदो हटाएर बिहान ५ः१० बजे दुईतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो।

६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०७:२९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology