Logo

आइतवार, आश्विन २५ गते २०८३

images

११ जना सहसचिव बरण्डामा

११ जना सहसचिव बरण्डामा

दैनिकी न्यूज

१३, आषाढ २०७९
११ जना सहसचिव बरण्डामा
images

काठमाडौं । सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ। अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ। उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्न बित्तिकै फर्कन्छन् । उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन।

मन्त्रालयमा अहिले शोभाकान्त पौडल, यामप्रसाद भुसाल, भगवान अर्याल, रेखा कँडेल, प्रकाश पौडेल, प्रदीप परियार, सुरेश राउत, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापालगायतका सहसचिव अतिरिक्त समूहमा छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अतिरिक्तमा रहेका सहसचिवहरूलाई यही हप्ताभित्र खाली ठाउँमा पठाउने तयारी भएको बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०७:०१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology