Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

दैनिकी न्यूज

१०, आषाढ २०७९
एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ ।नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् ।

एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि अलपत्र पर्दै आएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०७:३०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology