Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सवारी दुर्घटनामा छ जनाको मृत्यु

सवारी दुर्घटनामा छ जनाको मृत्यु

दैनिकी न्यूज

९, आषाढ २०७९
सवारी दुर्घटनामा छ जनाको मृत्यु
images

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको कन्टेनर ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ कपासेमा बा.१ झ ८७८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।

झापा, मेचिनगर नगरपालिका-१५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१-०१-००१ ह ८६०१ नम्बरको सिटीलाई प्र.१-०१-००१ क ११४६ नम्बरको मिनीट्रकले बुधबार दिउँसो ठक्कर दिँदा सिटी चालक सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय रमेश कटवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका-५ भकुण्डामा सु.प.प्र ०१-०१० प ८३९ नम्बरको मोटरसाइकल राँगा गाढामा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पुर्नवास नगरपालिका-१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । राँगा गाढा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ आदर्शचोकमा बा.८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा.४ ख ५२९८ नम्बरको टिपर एक-आपसमा ठोक्किएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - १७:०६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology