Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

दैनिकी न्यूज

९, आषाढ २०७९
नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। । दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्।

यस्तै दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाललाई डिआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ।

यस्तै बढुवाका लागि सिफारिस हुनेमा रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन्।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०७:५९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology