Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षाको सम्भावना

दैनिकी न्यूज

८, आषाढ २०७९
मेघगर्जनसहित वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०७९ असार ०८ गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असार ०९ गते (बिहिबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली  रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाकी प्रदेशका कही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली  रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, गण्डकी प्रदेश का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:००:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology