Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसुर गरी फरार घिमिरे पक्राउ

बैंकिङ कसुर गरी फरार घिमिरे पक्राउ

दैनिकी न्यूज

८, आषाढ २०७९
बैंकिङ कसुर गरी फरार घिमिरे पक्राउ
images

काठमाडौँ । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए।

पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०८:११:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology