Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्राधिकरण र वायुसेवा सञ्चालकबीच मध्यरातमा सहमति

प्राधिकरण र वायुसेवा सञ्चालकबीच मध्यरातमा सहमति

दैनिकी न्यूज

८, आषाढ २०७९
प्राधिकरण र वायुसेवा सञ्चालकबीच मध्यरातमा सहमति
images

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायुसेवा सञ्चालकबीच सम्पूर्ण उडान सञ्चालनको विषयमा सहमति भएको छ । मंगलबार मध्यरातमा भएको दुई पक्षिय वार्तामा उडान सञ्चालनको सहमति भएको हो ।

दुई पक्षिय सहमति भएसँगै आजदेखि बन्द गर्ने भनिएको अतिआवश्यक सहित सम्पूर्ण उडान सुचारु भएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

प्राधिकरणमा भएको छलफलमा संघले राखेको मागहरु सम्बोधन गर्नका लागि प्राधिकरण तयार रहेको जानकारी महानिर्देशक प्रदिप अधिकारीले गराएका थिए ।

वार्ताको क्रममा महानिर्देशक अधिकारीले तत्कालै हेलिकप्टरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नहटाउने बताएका थिए । त्योसँगै बाँकी विषयमा बुधबार ११ बजे फेरि वार्ता हुने गरि सहमति भएको जनाईएको छ ।

क्यानले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय तत्काल नहटाए सम्पूर्ण उडानमा रोक लगाएको भन्दै वायुसेवा सञ्चालकले विभिन्न ५ बुँदे माग राख्दै उडान बन्दको घोषणा गरेका थिए ।

क्यानले मंगलबारदेखि ‘नाइट–स्टप’ पार्किङका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ५२ वटा विमानमध्ये २२ वटा जहाजलाई मोफसलका ७ ठाउँमा र ११ वटा हेलिकोप्टर कम्पनीका ३८ जहाजमध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरेको थियो ।

सो निर्णयको विरोध गर्दै वायुसेवा सञ्चालकहरुले बुधबारदेखि आपतकालिन लगायत सम्पूर्ण नियमित उडान बन्द गर्ने घोषणा गरेसँगै क्यानले लाइसेन्स नै खारेज गर्ने चेतावनी दिदैँ संघका पदाधिकारीलाई प्रक्राउ पुँर्जी समेत जारी गर्ने धम्की दिएको थियो ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०८:०७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology