Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

दैनिकी न्यूज

८, आषाढ २०७९
नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ
images

काठमाडौं । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०८:००:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology